Apr 4, 2011

कार्यालय प्रमुख र लेखापालको भिडन्त, विकास प्रेमीलाई चिन्ता

चन्द्रश्वर बस्ताकोटी
चैत्र २१ गते
 मुस्ताङ। मुस्ताङको बिकासमा कोसेढुगां मानीएको ग्रामिण पुनःनिर्माण तथा पुनःस्थापना आयोजना (आरआरआरएसडिपि), जिल्ला आयोजना कार्यालय (डिपिओ) एव जिल्ला प्रविधिक कार्यालय मुस्ताङका कार्यालय प्रमुख एव जिल्ला इन्जिनियर र आरआरआरएसडिपिका लेखापाल विच लामो समय देखिको बिबाद छताछुल्ल भएको छ । लामो आपसी विवादसगै हातपात गर्दा आइतबार दिउसो जिल्ला प्रबिधिक कार्यालयमा प्रमुख जिल्ला इन्जिनियर प्रदिपबहादुर सिह यादब र लेखापाल बिनोद अधिकारी घाइते भएका छन ।
इन्जिनियर यादबको देब्रआखामा निलडाम र चस्मा फुटेको देखीन्छ भने लेखापाल अधिकारीको दब्रे आखा नजिकै काटेर ब्यान्डेज लगाएको देखीन्छ । घटनाका बारेमा दुबै तर्फबाट फरक फरक कुराहरु आएका छन । कार्यालय प्रमुख एव अन्य कर्मचारी इन्जिनियर सकलदेब शर्माको कक्षमा लेखापालले आक्रमण गर्न आएको बताउछन भने लेखापाल अधिकारी आफ्नै कक्षमा कार्यालय प्रमुखको निर्देशनमा कार्यालय बाहीरका मान्छे समेतआई आफुलाई आक्रमण गरेको बताउदछन । घाइते दुबैले जिल्ला प्रशाशन कार्यालयमा आआफ्ना उजुरी दर्ता गराएका छन । दुबै पक्ष आफुले छुदै नछोएको बताउदछन ।
जिल्ला प्राबिधिक कार्यालय मुस्ताङका कर्मचारीहरुले सोमबार एक बिज्ञप्ति प्रकासीत गदै कार्यालय प्रमुख माथी गाली गलौज गरी हातपात गरिएकोमा घोर भत्सना गदै दोषी आरआरआरएसडिपिका लेखापाल अधिकारीलाई कावाहीको माग गरेका छन । कार्यालयमा उपलब्ध इन्जिनीयर  सबलदेब शर्मा, सब इन्जिनीयर बिष्णु बास्तोला, सब इन्जिनीयर हरि थापा, कम्प्युटर अपरेटर पुर्णकला गोतामे, र कार्यालय सहायक श्रीबहादुर पुलामीले बिज्ञप्ती प्रकाशीत गरेका हुन ।    

लेखापाल कक्ष सार्ने बिषयमा बिवाद भएको र लेखापाल अधिकारीले एक्कासी इन्जिनियर सकलदेब शर्माको कक्षमा आई आफुलाई आक्रमण गरेको इन्जिनियर यादबको भनाइ छ । यादबलाई एक्कासी अपशब्द प्रयोग गरि ४ पटक सम्म हिर्काएर त्यहि लडाएको इन्जिनियर सकलदेब शर्मा र सब इन्जिनियर बिष्णु बास्तोलाले एकै स्वरमा बताए । इन्जिनियर शर्माले भने आफुले छुट्याउन लेखापाललाई बाहीर धकेलेर ल्याए पनि झम्टी झम्टी हमलागर्न आएका थिए । घटना पछि आफ्नो देब्र आखामा निलडाम भएको, दाहीने आखामा समेत चोट पुगेको, देब्र गाला सुनिएको, टाउकोमा चोट लागेको, ढाडमा समेत असर पुगेको बताउदै कार्यालय प्रमुख यादबले फुटेको चस्मा देखाए ।

लेखापाल कक्ष सार्ने बिषयमा आफले आयोजनाको कार्यालय एक्लो छ त्यहा नसारौ भनेको तर आफु इन्जिनियर सकलदेबको कोठामा गएको नभई केहि बाहीरका मान्छे समेत ल्याई हाल रहेकै लेखापाल कक्षमा कार्यालय प्रमुख सहीत आक्रमण गर्न आउदा आफ्नो देब्र आखामा लगाइएको पटट्ी देखाउदै, टाउको र हातमा चोट लागेको लेखापाल अधिकारीले बताए ।
जिल्ला प्रबिधिक कार्यालयमा आयोजनाको लेखपाल कक्ष रहेकोमा उक्त कक्ष आयोजनाको आफ्नै कार्यालयमा सार्न बिगत बैसाख देखि मौखीक र १ महिना अगाडी लिखित रुपमा लेखापाललाई जानकारी गराए पनि अटेर गरि बसेकाले तुरुन्त लेखापाल कक्ष खाली गराउन आग्रह गर्दा उक्त घटना भएको कार्यालय प्रमुख यादबको भनाइ छ । गत माघ २६ गते समेत  बिभिन्न सचारमाध्यमले कायालय प्रमुख र लेखापालको बिषयमा आफ्नै कर्मचारीले मुस्ताङको बिकासमा असहयोग गरेको प्रमुखको दावी शिषकको समाचार प्रकासीत गरेका थिए ।
जोमसोमका स्थानीय बासीन्दा गणेश शेरचनले बिवाद कक्ष सार्ने दखिए पनि बिगतमा भएको टेण्डरका बिषयमा ठुलै चलखेल भएको र सोही बिषयमा कार्यालय प्रमुख र लेखापाल बिच मनमुटाबको पछिल्लो परिणाम भएको दावी गरे । जिल्लाको बिकासका लागि स्थानिय स्तरमा, ठेकेदार वा कर्मचारी बिच चलखेल हुने परम्परा नतोडीए सम्म यस्ता लोभीपापीले घटना निरन्तर घटाउने शेरचनले बताए ।
आरआरआरएसडिपि मुस्ताङमा केहि महिना अगाडि करिब २२ करोडको टेण्डर भै ३ कन्सल्टेन्ट नियुक्त भएका छन । १ कम्पनिले छोडेका कारण पुन टेण्डर आब्हान गरिएको छ । आयोजनाको काम ढिला हुन गए रकम अन्य जिल्लामा जान सक्ने र छिटो सम्पन्न गरे अरु जिल्लाको रकम ल्याई थप काम गर्न सकिने प्राबधान रहेको छ । आयोजनाको समयाबधि थप नगरे अब करिब १ बर्ष मात्र बाकी छ । हाल सम्म आयोजनाले करिब २ करोड रुपैया जिल्लामा खर्च गरि सकेको छ । आयोजनाको मुख्यकाम सडकको कार्य सुरु भए पछि १० लाख सम्मका काम प्रभाबित क्षेत्रमा खानेपानी, सिचाई, बिद्यालय र हेल्थपोष्ट भवन, गोरेटोबाटो लगायतका काम गर्न सकिने बताइएको छ ।
आयोजनाले लेते गाबिसको पैराथाप्ला देखि  बादरजुङमा करिब १७ लाख, छोसेर खोलामा  ४० लाखको झोलुङे पुल, मार्फाको पुथाङमा करिब ४० लाख र  लेतेको धासामा करिब २७ लाखको खानेपानीका योजनाहरु सचांलन गरिरहेको छ । कुञ्जो र कोवाङमा खानेपानीको डिटेल सर्वे भइसकेको र डिजायनका लागि प्रक्रियामा रहेको, छुसाङ गाबिसको नरसिह खोलामा करिब १ करोड ७५ लाख र चराङगाबिसको चराङखोलामा करिब १ करोड २५ लाखको झोलुङे पुल निर्माणकालागि प्रोसेसिङमा रहेको, छुसाङ गाबिस  चैले स्थित कालीगण्डकीमा पक्की मोटरेबल पुलकालागि प्रक्रिया अगाडि बढाइएको र कागबेनी गाबिस फल्याक ढाकार्जुङका साथै छोसेर गाबिसमा खानेपानी सम्भाब्यता अध्ययनका लागि सिफारिस गरेको आयोजनाले जानकारी दिएको छ ।