काठमाडौ, चैत्र १८ -
अर्थ सचिव रामेश्वर खनालको राजिनामा, बिग्रदो शान्ति सुरक्षा लगायतका विषयमा जवाफ दिन प्रधानमन्त्री झलनाथ खनाल संसदमा नआएको विरोधमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शुक्रबार पनि संसदको वैठक अवरुद्ध गरिदिएको छ। जवाफ दिन संसद आउनु पर्ने प्रधानमन्त्री खनाल विभिन्न कार्यक्रमहरुमा सहभागी हुन राजधानी बाहिर गएका थिए । आफूले उठाएका विषयमा प्रधानमन्त्रीको जवाफ नआएसम्म संदन चल्न नदिने अडान कांग्रेसको छ। निर्धारित समय भन्दा केही ढिलो शुरु भएको व्यवस्थापिका संसदको वैठकमा प्रधानमन्त्री झलनाथ खनाल उपस्थित नभएपछि आक्रोशित भएका मुख्य विपक्षी नेपाली कांग्रेसका सभासदहरुले होहल्ला गर्दै सदनको कारवाही अघि बढ्न दिएनन्।
एउटा पार्टीको निहित स्वार्थका लागि लोकपि्रय, वितरणवादी र कार्यकर्ताको भरणपोषण गर्न पूरक बजेट ल्याउन लागिएको आरोप लगाउँदै कुनै हालतमा स्वीकार नगर्ने कांग्रेसले घोषणा गरेको छ । सरकारले पूरक बजेट बनाउने नाममा विकास निर्माणका काम ठप्प पारेर रकम संकलन गर्न खोजेको भन्दै संसद्मा प्रतिपक्षी कांग्रेसले गम्भीर आपत्ति जनाएको छ ।
अर्थमन्त्रीकै अध्यक्षतामा बसेको बैठकले चैत १३ गते सबै मन्त्रालयलाई रकम बचत गर्न गरिएको परिपत्रले संसद्को मानहानि भएको कांग्रेस नेता रामशरण महतले आरोप लगाए । 'संसद्ले विधेयकमार्फत पारित गरेका कार्यक्रम रोकेर बचत गर्न दिइएको निर्देशनले संसद्को मानहानि भएको छ,' उनले भने ।
नौवटा बुँदा उल्लेख गरी चालू आर्थिक वर्षका लागि विनियोजित रकम बचत गर्न परिपत्र गरिएको छ । डिजाइन, सर्भे, ठेक्कापट्टाको सूचना गर्ने प्रक्रियामा रहेको बजेटलाई स्थगित गर्न बचत गर्न परिपत्रमा निर्देशन दिइएको छ । बाँडफाँड हुन बाँकी तथा स्वीकृत नभएका बजेटलाई बचत मानिने उल्लेख छ । निर्देशिका तयार नभएका कारण खर्च हुन नसकेको बजेट पनि बचत मानिने भन्दै खर्च नगर्न भनिएको छ । रकमान्तरको प्रक्रिया रोक्न परिपत्र गरिएको छ । भैपरी, विविध शीर्षकका रकम खर्च नगरी बचत गर्न निर्देशन दिइएको छ ।
'कार्यक्रमको औचित्यलाई ख्याल गर्दा हाल खर्च नगरे पनि हुने रकमलाई खर्च नगरी बचत मान्ने' आठौं बुँदामा भनिएको छ । एकमुष्ठ बजेट परेका खर्च शीर्षकमा आंशिक बाँडफाँड भए पनि अब बाँड्न बाँकी रकमलाई बचत मान्ने उल्लेख छ । 'सुरुमा अर्थसचिव रामेश्वर खनालजीको राजीनामा जति गम्भीर लागेको थियो बुझ्दै जाँदा त झनै गम्भीर रहेछ,' महतले थपे, 'साधारण अवस्थामा थाकेर राजीनामा दिएको होइन रहेछ, उहाँमाथि हिंसा नै भएको रहेछ ।' अर्थसचिवलाई थाहै नदिई बाहिर कुनै कुनामा बजेटको मस्यौदा भएको उल्लेख गर्दै प्रशासन संयन्त्र अब खत्तम हुने दिशामा गएको उनले बताए ।