Apr 13, 2011

हिमाली जिल्लामा राष्टीय पोलीयो खोप अभियान

चन्द्रश्वर बस्ताकोटी
चैत २५ मुस्ताङ । दोस्रो चरणको १३ औ राष्टिय पोलीयो खोप अभियान ७ हिमाली जिल्लामा सनिवार शुरु हुने भएको छ । जन्मे देखि ५ बर्ष मुनिका बालबालीकालाई एकै पटक पोलीयो थोपा खुवाई पोलियो रोग बिश्वबाटै उन्मुलन गर्न देशभरि नै अभियान थालीएको हो ।

दोस्रो चरणमा ७ हिमाली जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, डोल्पा र मुगुमा चैत्र २६ र २७ गते ५ वर्ष मुनिका बालबालिकालाई पोलीयो थोपा खुवाइने छ । ७ हिमाली जिल्लामा पनि दुई चरणमा गरि पहिलो चरण चैत्र २६ र २७ गते र दोस्रो चरण वैशाख २४ र २५ गते संचालन गरिने भएको छ ।

त्यस्तै हिमाली जिल्ला मुस्ताङमा १ हजार ३ सय ३१ बालबालीकालाई लक्षित गर्दै १ सय ४६ ठाउमा खोप सञ्चालन गरिने भएको छ । जसको लागि १ सय ४४ जना स्वास्थ्य स्वयमसेवीका र १ सय ४४ स्वयम सेवक खटाइएको जिल्ला स्वास्थ्य कार्यालयमुस्ताङले जनाएको छ । १६ गाबिसका प्रत्येक वडामा एक एक, जोमसोम एयरपोर्ट र लेते गाबिसको पैराथाप्लामा थप एक एक खोपकेन्द्र सचालन हुने भएका हुन । पहिलो दिन २६ गते खोपकेन्दमा पोलीयो थोपा खुवाइने र दोस्रो दिन २७ गते खुवाउन छुटेकालाई अनिवार्यरुपमा खुवाउन घरदैलो कार्यक्रम सचालन गरिने भएको छ । हिमाली जिल्लामा हुने यसबर्षको पोलीयो खोप अभियानका लागि सम्पुर्ण तयारी पुरा भएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख डा भोजराज गौतमले बताउनु भयो । दोस्रो चरणमा पुनः वैशाख २४ र २५ मा पोलीयोथोपा खुवाइने छ ।

मनिसमामात्र लाग्ने पोलीयो रोगका बिरामी लुला लगडा हुने गर्दछन भने ३ पटक पोलीयो थोपा खाए पछि यो रोगको सक्रकणबाट बच्न सकिन्छ । ५ बर्षमुनिका बालबालीकालाई मात्र खुवाइने पोलीपो थोपा जति पटक खाएको भएपनि खुवाउनु पर्दछ । यसले कुनै असर नगर्ने बिज्ञहरुको बिश्वास छ ।

बिश्व स्वास्थ्य सगठनका अनुसार १९९८ वाट विश्वमा पोलियो खोप अभियान शुरु गरिएको भएता पनि नेपालमा १९९९ बाट संञ्चालन गरिएको थियो । पोलियो खोप अभियान सञ्चालन गर्दा विश्वका १२५ राष्ट्रमा पोलियो रोगबाट सक्रमीत भेटीए पनि अहिले यो घटेर बिश्वका चार देश भारत, पाकिस्तान, नाइजेरीया, अफगानिस्थातमा मात्र देखिएको छ ।

नेपालको सन्र्दभमा २०१० नोभेम्बर सम्मको आंकदा अनुसार ३२ जना पोलियोबाट संक्रमित विरामी फेला परेको डा गौतमले जानकारी दिनु भयो । जसअनुसार ९४ प्रतिशत तराइको जिल्लाका देखा परेका थिए भने बाँकी पहाडी जिल्लामा । सर्वेक्षण अनुशार ३२ मध्ये ३० जना तराइको सप्तरी, सिरहा, धनुषा, सर्लाहि महोत्तरी तगाएतका ११ जिल्लामा देखा परे भने २ जना पहाडी जिल्ला दैलेख र वाजुरा देखा परेका थिए । तर २०१० मा रोतहटमा ४ ओटा यसको विरामि देखा परेका थिए ।

Apr 4, 2011

कार्यालय प्रमुख र लेखापालको भिडन्त, विकास प्रेमीलाई चिन्ता

चन्द्रश्वर बस्ताकोटी
चैत्र २१ गते
 मुस्ताङ। मुस्ताङको बिकासमा कोसेढुगां मानीएको ग्रामिण पुनःनिर्माण तथा पुनःस्थापना आयोजना (आरआरआरएसडिपि), जिल्ला आयोजना कार्यालय (डिपिओ) एव जिल्ला प्रविधिक कार्यालय मुस्ताङका कार्यालय प्रमुख एव जिल्ला इन्जिनियर र आरआरआरएसडिपिका लेखापाल विच लामो समय देखिको बिबाद छताछुल्ल भएको छ । लामो आपसी विवादसगै हातपात गर्दा आइतबार दिउसो जिल्ला प्रबिधिक कार्यालयमा प्रमुख जिल्ला इन्जिनियर प्रदिपबहादुर सिह यादब र लेखापाल बिनोद अधिकारी घाइते भएका छन ।
इन्जिनियर यादबको देब्रआखामा निलडाम र चस्मा फुटेको देखीन्छ भने लेखापाल अधिकारीको दब्रे आखा नजिकै काटेर ब्यान्डेज लगाएको देखीन्छ । घटनाका बारेमा दुबै तर्फबाट फरक फरक कुराहरु आएका छन । कार्यालय प्रमुख एव अन्य कर्मचारी इन्जिनियर सकलदेब शर्माको कक्षमा लेखापालले आक्रमण गर्न आएको बताउछन भने लेखापाल अधिकारी आफ्नै कक्षमा कार्यालय प्रमुखको निर्देशनमा कार्यालय बाहीरका मान्छे समेतआई आफुलाई आक्रमण गरेको बताउदछन । घाइते दुबैले जिल्ला प्रशाशन कार्यालयमा आआफ्ना उजुरी दर्ता गराएका छन । दुबै पक्ष आफुले छुदै नछोएको बताउदछन ।
जिल्ला प्राबिधिक कार्यालय मुस्ताङका कर्मचारीहरुले सोमबार एक बिज्ञप्ति प्रकासीत गदै कार्यालय प्रमुख माथी गाली गलौज गरी हातपात गरिएकोमा घोर भत्सना गदै दोषी आरआरआरएसडिपिका लेखापाल अधिकारीलाई कावाहीको माग गरेका छन । कार्यालयमा उपलब्ध इन्जिनीयर  सबलदेब शर्मा, सब इन्जिनीयर बिष्णु बास्तोला, सब इन्जिनीयर हरि थापा, कम्प्युटर अपरेटर पुर्णकला गोतामे, र कार्यालय सहायक श्रीबहादुर पुलामीले बिज्ञप्ती प्रकाशीत गरेका हुन ।    

लेखापाल कक्ष सार्ने बिषयमा बिवाद भएको र लेखापाल अधिकारीले एक्कासी इन्जिनियर सकलदेब शर्माको कक्षमा आई आफुलाई आक्रमण गरेको इन्जिनियर यादबको भनाइ छ । यादबलाई एक्कासी अपशब्द प्रयोग गरि ४ पटक सम्म हिर्काएर त्यहि लडाएको इन्जिनियर सकलदेब शर्मा र सब इन्जिनियर बिष्णु बास्तोलाले एकै स्वरमा बताए । इन्जिनियर शर्माले भने आफुले छुट्याउन लेखापाललाई बाहीर धकेलेर ल्याए पनि झम्टी झम्टी हमलागर्न आएका थिए । घटना पछि आफ्नो देब्र आखामा निलडाम भएको, दाहीने आखामा समेत चोट पुगेको, देब्र गाला सुनिएको, टाउकोमा चोट लागेको, ढाडमा समेत असर पुगेको बताउदै कार्यालय प्रमुख यादबले फुटेको चस्मा देखाए ।

लेखापाल कक्ष सार्ने बिषयमा आफले आयोजनाको कार्यालय एक्लो छ त्यहा नसारौ भनेको तर आफु इन्जिनियर सकलदेबको कोठामा गएको नभई केहि बाहीरका मान्छे समेत ल्याई हाल रहेकै लेखापाल कक्षमा कार्यालय प्रमुख सहीत आक्रमण गर्न आउदा आफ्नो देब्र आखामा लगाइएको पटट्ी देखाउदै, टाउको र हातमा चोट लागेको लेखापाल अधिकारीले बताए ।
जिल्ला प्रबिधिक कार्यालयमा आयोजनाको लेखपाल कक्ष रहेकोमा उक्त कक्ष आयोजनाको आफ्नै कार्यालयमा सार्न बिगत बैसाख देखि मौखीक र १ महिना अगाडी लिखित रुपमा लेखापाललाई जानकारी गराए पनि अटेर गरि बसेकाले तुरुन्त लेखापाल कक्ष खाली गराउन आग्रह गर्दा उक्त घटना भएको कार्यालय प्रमुख यादबको भनाइ छ । गत माघ २६ गते समेत  बिभिन्न सचारमाध्यमले कायालय प्रमुख र लेखापालको बिषयमा आफ्नै कर्मचारीले मुस्ताङको बिकासमा असहयोग गरेको प्रमुखको दावी शिषकको समाचार प्रकासीत गरेका थिए ।
जोमसोमका स्थानीय बासीन्दा गणेश शेरचनले बिवाद कक्ष सार्ने दखिए पनि बिगतमा भएको टेण्डरका बिषयमा ठुलै चलखेल भएको र सोही बिषयमा कार्यालय प्रमुख र लेखापाल बिच मनमुटाबको पछिल्लो परिणाम भएको दावी गरे । जिल्लाको बिकासका लागि स्थानिय स्तरमा, ठेकेदार वा कर्मचारी बिच चलखेल हुने परम्परा नतोडीए सम्म यस्ता लोभीपापीले घटना निरन्तर घटाउने शेरचनले बताए ।
आरआरआरएसडिपि मुस्ताङमा केहि महिना अगाडि करिब २२ करोडको टेण्डर भै ३ कन्सल्टेन्ट नियुक्त भएका छन । १ कम्पनिले छोडेका कारण पुन टेण्डर आब्हान गरिएको छ । आयोजनाको काम ढिला हुन गए रकम अन्य जिल्लामा जान सक्ने र छिटो सम्पन्न गरे अरु जिल्लाको रकम ल्याई थप काम गर्न सकिने प्राबधान रहेको छ । आयोजनाको समयाबधि थप नगरे अब करिब १ बर्ष मात्र बाकी छ । हाल सम्म आयोजनाले करिब २ करोड रुपैया जिल्लामा खर्च गरि सकेको छ । आयोजनाको मुख्यकाम सडकको कार्य सुरु भए पछि १० लाख सम्मका काम प्रभाबित क्षेत्रमा खानेपानी, सिचाई, बिद्यालय र हेल्थपोष्ट भवन, गोरेटोबाटो लगायतका काम गर्न सकिने बताइएको छ ।
आयोजनाले लेते गाबिसको पैराथाप्ला देखि  बादरजुङमा करिब १७ लाख, छोसेर खोलामा  ४० लाखको झोलुङे पुल, मार्फाको पुथाङमा करिब ४० लाख र  लेतेको धासामा करिब २७ लाखको खानेपानीका योजनाहरु सचांलन गरिरहेको छ । कुञ्जो र कोवाङमा खानेपानीको डिटेल सर्वे भइसकेको र डिजायनका लागि प्रक्रियामा रहेको, छुसाङ गाबिसको नरसिह खोलामा करिब १ करोड ७५ लाख र चराङगाबिसको चराङखोलामा करिब १ करोड २५ लाखको झोलुङे पुल निर्माणकालागि प्रोसेसिङमा रहेको, छुसाङ गाबिस  चैले स्थित कालीगण्डकीमा पक्की मोटरेबल पुलकालागि प्रक्रिया अगाडि बढाइएको र कागबेनी गाबिस फल्याक ढाकार्जुङका साथै छोसेर गाबिसमा खानेपानी सम्भाब्यता अध्ययनका लागि सिफारिस गरेको आयोजनाले जानकारी दिएको छ ।

Apr 2, 2011

कागबेनी र मुक्तिनाथ आउने तिर्थयात्री बढे

चन्द्रश्वर बस्ताकोटी
चैत १९ मुस्ताङ। म्याग्दी जिल्ला हुदै हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध तिर्थस्थल मुक्तिनाथ र कागबेनीको भ्रमण गर्न आउने तिर्थयात्रीको चहलपहल बढेको छ ।

देशका विभिन्न स्थान र भारतबाट दैनिक ४ सय भन्दा बढी तिर्थयात्रीहरू मुस्ताङ आउन थालेका छन् । केही दिनयता जोमसोम बसपार्कमा कागबेनी हुदै मुक्तिनाथ जाने तिर्थयात्रीको चहलपहल बढेको मुस्ताङ जिप तथा बस ब्यबसायी समितिका कर्मचारी उपाध्यक्ष गणेश थकालीलेले बताउनुभयो । स्थानीय होटल व्यवसायीहरू पनि तिर्थयात्री को चाप सगै व्यस्त हुन थालेका छन् ।

तिर्थयात्रीहरू म्याग्दीको बेनी हुँदै सवारी साधनबाट र पोखराबाट हवाई यात्रा गरेर मुस्ताङ आईपुग्ने गरेका हुन । रामनवमी चैते दसै पर्व नजिकिँदै गर्दा कागबेनीमा पुगेर मृतक आफन्तको सम्झनामा पितृलाई तर्पण तथा श्राद्ध गर्न नवलपरासी, नेपालगञ्ज, दाङ, बागलुङ, पर्वत, कास्की, काठमाण्डौ, चितवन लगायत देशका विभिन्न स्थानबाट सँयौ मानिसहरू आएकाहुन हुन् ।

तिर्थयात्रीको चापका कारण धर्मशालाहरु भरिभराउ भएका छन् । जोमसोम स्थित गणेश मन्दिर, कागबेनी सन्तसेवा आश्रम, मुक्तिनाथ स्थितरानीपौवा धर्मशाला तिर्थयात्रीले भरिभराउ भएको सन्तसेवा आश्रम कागबेनीका पुजारी बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । सोही अनुपातमा जोमसोम,कागबेनी र मुक्तिनाथमा रहेका होटलहरु समेत पर्यटक एव तिर्थयात्रीले भरिभराउ देखिन्छन ।